Skip

Hamro Sanchar

अमेरिका-इरान युद्ध अन्त्य : सम्झौतामा हस्ताक्षर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ४ गते


४ असार, काठमाडौं । अमेरिका र इरानबीच जारी द्वन्द्व रोक्न तथा युद्धविरामलाई निरन्तरता दिन १४–बुँदे समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर भएको छ ।

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेस्कियान दुवैले यस समझदारी पत्रमा डिजिटल हस्ताक्षर गरिसकेका छन् । इरानको परराष्ट्र मन्त्रालयले यो सम्झौता बुधबारदेखि नै लागू भइसकेको जनाएको छ ।

फ्रान्समा भएको ुजी सेभेनु शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिका–इरान युद्धविरामसम्बन्धी समझदारीपत्रमा औपचारिक हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता लागू भएसँगै विश्व ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारीपत्रमा इरानले कुनै पनि अवस्थामा आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको छ । साथै, इरानको पुनर्निर्माण र आर्थिक विकासका लागि ३०० अर्ब अमेरिकी डलर बराबरको कोष परिचालन गर्ने व्यवस्था गरिएको छ, यद्यपि उक्त कोषमा अमेरिका स्वयंले योगदान गर्नुपर्ने बाध्यता रहने छैन ।

अमेरिका, इरान र इजरायलबीचको तनाव तथा द्वन्द्व सुरु भएको करिब चार महिनापछि यो सम्झौता भएको हो । सम्झौताले युद्धविरामलाई संस्थागत गर्दै क्षेत्रीय स्थायित्व र दीर्घकालीन शान्तिको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्