Skip

Hamro Sanchar

झापाका चिया उद्योग र बगान अनिश्चितकाललाई बन्द !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३ गते


३ असार, बनियानी । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी)का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् ।

नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताए ।

नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन् ।

उनले विकल्पमा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गरे ।

चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक  १ अर्ब राजस्व बुझाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस्