Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हर्क साम्पाङको आरोप : सरकारले होल्डिङ सेन्टरका सुकुम्बासीलाई खाना-पानी नै दिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३ गते


Advertisement

३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई सरकारले खानापानी नै नदिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको अहिले जारी बैठकको सुरुमै आफ्ना धारणा राख्दै उनले सुकुमवासीहरूलाई राखिएको कीर्तिपुरका होल्डिङ सेन्टरमा खाना र पानीकै समस्या भएको बताएका हुन्।

उनले सरकारले सुकुम्बासीलाई भोकै राखेको भन्दै सभामुखको ध्यानाकर्षण गराए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले सीमा विवादबारे गएको जेठ १७ गते प्रतिनिधिसभा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन पनि माग गरे।

सभाको सुरुमा विपक्षी सांसदले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै उठेर विरोध जनाएका थिए।

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भन्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रश्न उठाएका हुन्।

सभामुख अर्यालले रुलिङ गर्नुपर्नेमा त्यसो नगरेको विपक्षी दलको आरोप छ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध सभामुखको रुलिङको माग गरे।

नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले पनि सभामुखले रास्वपासँगको सम्बन्ध त्याग्न नसकेको आरोप लगाए।


प्रतिकृया दिनुहोस्