Skip

Hamro Sanchar

अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २ गते


२ असार, काठमाडौं । अमेरिकी वायुसेनाको बमवर्षक विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

दक्षिणी क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसबाट उडान भरेको केही समयपछि अमेरिकी वायुसेना बी-५२ बमवर्षक विमान दुर्घटना भएको थियो ।

स्थानीय समयअनुसार सोमबार बिहान ११:२० बजे विमान नियमित परीक्षण अभियानमा रहेका बेला दुर्घटना भएको हो।

दुर्घटनापछि आकाशमा कालो धुवाँको ठुलो मुस्लो उडेको थियो, जुन माइल टाढाबाट पनि देखिएको जनाइएको छ।

 


प्रतिकृया दिनुहोस्