Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्रीले ठेकेदारको खुट्टा भाँच्नु भनेपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


Advertisement

१ असार, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाचिदिनु भनेपछ चौतर्फी आलोचना भएको छ ।

यसैक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मन्त्री लम्सालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

उनले एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउन सुझाव दिएका हुन्।

‘म सम्झिन्छु एउटा देशको घटना जहाँ कसैले चोरी गर्‍यो, चोरलाई सजाय दिनलाई दुईवटै हाट काटियो, के यस्तै समाजमा जाँदैछौँ, यदि जाँदैछैनौँ भने कम्तीमा आफ्नो मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्।

शर्माले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले समेत चुनावका बेला बाटो निर्माण गर्न ढिलाइ भए रुखमा बाँधेर समाधान गर्न भनेको पनि स्मरण गराएका छन्।

उनले कैलालीमा एक श्रमिक महिलाको टेम्पो भिरबाट खसालिदिएको, सिराहामा विद्यार्थीमा मोबाइलहरू पानीमा डुबाएर नष्ट गरेको विषयमा पनि आपत्ति जनाएका छन्।


प्रतिकृया दिनुहोस्