Skip

Hamro Sanchar

अर्थमन्त्रीलाई अर्यालको चुनौती :  पहिलो नम्बरमा टी-स्टेटको फाइल खोल्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


१ असार, काठमाडौं । एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पहिलो नम्बरमा टी– स्टेटको फाइल खोल्न चुनौती दिएकी छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनले बजेटको सैद्धान्तिक छलफलका क्रममा अर्थमन्त्री वाग्लेले पुराना फाइल खोल्ने चेतावनी दिएको भन्दै सबैभन्दा पहिला टी– स्टेटको फाइल खोल्न चुनौती दिएकी हुन् ।

अर्यालले यति र ओम्नीका पनि फाइल खोलेर साँचो कुरा बाहिर ल्याउन पनि आग्रह गरेकि छन्

उनले ‘अहिलेसम्म लगाइएको आरोप सत्य ठहरिएन भने मानिसको स्वाभिमानमा आँच आउने काम गरेबापत अर्थमन्त्रीले के गर्नुहुन्छ रु’ भनेर प्रश्न पनि गरेकी छन् ।


प्रतिकृया दिनुहोस्