
३१ जेठ, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् ।
आज मोरङको विराटनगरमा संस्थापनइतर समूहको भेलामा उनले एकता अबको आवश्यकता भएको बताए ।
“०४८ मा गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,” उनले भने ।
कांग्रेस अत्यन्तै कमजोर अवस्थामा रहेको भन्दै उनले प्रश्न गरे, “के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ रु”
रूढिवादी सोचबाट नभई पहिले आफूमा परिवर्तन गर्नुपर्ने उनले सुझाव दिए । “आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,” उनले भने, “अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।”
पार्टीलाई एक बनाउने लक्ष्य हुनुपर्ने र डा। शेखर कोइरालाले त्यसको नेतृत्व गरिरहेका उनले बताए






























