Skip

Hamro Sanchar

भारतीय सैन्य विमान दुर्घटनामा परि पाइलटसहित ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३० गते


Advertisement

३० जेठ, काठमाडौं । आज बिहान असमको जोरहाटस्थित रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको भारतीय वायुसेनाको विमान दुर्घटनामा पाइलटसहित ५ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलमको मृत्यु भएको हो। एक सह-पाइलट घाइते भएका छन्।

भारतीय वायुसेनाले एक्समा लेखेको छ, ‘असमको जोरहाटमा भएको एन-३२ विमान दुर्घटनामा भएको पाँच कर्मचारीको मृत्युमा हामी गहिरो समवेदना व्यक्त गर्दछौँ।’

विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो। विमान खसेपछि दुईटुक्रा भएको थियो भने आगलागी पनि भएको थियो।

भारतीय वायुसेनाका अनुसार सेना र सामान ढुवानीमा प्रयोग गरिने उक्त एएन-३२ विमान नियमित उडानमा थियो।


प्रतिकृया दिनुहोस्