Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकैदिन सुनकाे मुल्य तोलामा ५ हजार १०० रुपैयाँले घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


Advertisement

२८ जेठ, काठमाडौं । सुनचाँदीको मूल्य आज पनि घटेको छ। सुन तोलामा रु ५  हजार १०० र चाँदी रु ९० ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८६ हजार ७०० कायम भएको छ। एक तोला चाँदीको मूल्य रु चार हजार ६५० निर्धारण भएको छ।

हिजो एक तोला सुन रु दुई लाख ९१ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७४० मा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला सुन रु तीन लाख एक हजार ९०० र चाँदी रु चार हजार ९२५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्