Skip

Hamro Sanchar

पार्टी छाडेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद चैट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २७ गते


२७ जेठ, काठमाडौं । पार्टी छाडेपछि नेकपा एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद गएको छ ।

निर्वाचन आयोगले (एमाले)बाट निर्वाचित भई पछि अन्य दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद स्वतः रिक्त भएको घोषणा गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र नियमावली, २०७४ बमोजिम एमालेले दल त्याग गरेको विवरण आयोगमा पठाएपछि आयोगले जेठ २६ गतेदेखि उनीहरूको पद रिक्त भएको निर्णय गरेको हो ।

पद गुमाउने वडाध्यक्षहरू ओखलढुंगा, पाल्पा, ललितपुर, मोरङ र दाङका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि हुन् ।

 

 


प्रतिकृया दिनुहोस्