
२६ जेठ, काठमाडौं । बिपक्षी दलहरूले प्रतिनिधि सभा बैठकमा मौनधारण गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलका सांसदहरूले ५ मिनेट मौनधारण गरेका हुन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले आफ्नो धारणा राख्ने क्रममास् ५ मिनेट कांग्रेस सांसदहरूलाई मौनधारण गर्न आह्वान गरेका थिए।
त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदहरूले उठेर मौनधारण गरेका छन्।
नेपालले पनि भारतको जग्गा मिचेको रहेछु भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवाभन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने अमर सहिदहरूको आत्मसम्मान गरेको निश्कलको भनाइ थियो।






























