
काठमाडौं । उत्तरी नाइजर सहरको मरुभूमिको बाटो हुँदै यात्रा गरिरहेका ५० जना व्यक्तिले पानी पिउन नपाउँदा ज्यान गुमाएका छन् ।
सरकारी अधिकारीहरुका अनुसार उनीहरुलाई लिएर गइरहेको गाडी बाटोमा बिग्रेपछि लामो समय रोकिँदा पानी सकिएपछि प्यासले उनीहरु मारिएका हुन् । यी व्यक्तिहरु मालीबाट फर्किरहेका थिए ।
बाटोमा उनीहरुले बोकेको पानी सकियो र नाइजर तथा अल्जेरियाको बीच क्षेत्रमा अलपत्र परे । ती यात्री एक खतरनाक इलामा अलपत्र परेका थिए जहाँ धेरै गर्मी हुनेगर्छ भने कुनै पनि सुविधा नभएका कारण जिउँदै रहन मुस्किल थियो । गाडी बिग्रेर फसेका ५२ जनामध्ये २ जनाको मात्र जीवितै उद्दार गरिएको छ ।
उनीहरुले बिग्रेको गाडी बनाउन धेरै मेहनत गरेपनि सफल भएनन् । नाइजरका ती मृतकको सामुहिक चिहान बनाएर दाहसंस्कार गरिएको छ ।





























