Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मध्ये पुर्वमा फेरि तनाव : अमेरिका र इरानबिच हानाहान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, काठमाडौं । इरान र अमेरिकाबिचको तनाव फेरि बढेको छ।

इरानले बुधबार कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डाहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको हो।

बदलामा अमेरिकी सेनाले क्वेसम टापु र इरानमा रहेका अन्य सैन्य अड्डामा आक्रमण गरेको छ।

अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘इरानले हाम्रा छिमेकी देशहरूविरुद्ध धेरैवटा क्षेप्यास्त्र प्रहार गरेको छ। यद्यपि सबै आक्रमण असफल भए। कुवेतमा प्रहार गरिएका दुई क्षेप्यास्त्र कि आफ्नो लक्ष्यबाट विफल भए कि हावामै नष्ट भए। बहराइनमा प्रहार गरिएका तीन क्षेप्यास्त्रलाई अमेरिका र बहराइनको वायु रक्षा प्रणालीले रोके।


प्रतिकृया दिनुहोस्