Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमेरिकाले इरानमाथी लगायो थप नयाँ प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २० गते


Advertisement

२० जेठ, काठमाडौं । अमेरिकाका अर्थमन्त्री स्कट बेसान्टले इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा गरेका छन्। उनका अनुसाार अमेरिकाले इरानी एयरलाइन्सको अवतरण, इन्धन भर्ने र टिकट बिक्रीमा रोक लगाएको हो।

यसअघि बुधबार अमेरिकाले इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए)मा प्रतिबन्ध लगाएको थियो।

स्कट बेसान्टले बिहीबार एक्समा लेखेका छन्, ‘अमेरिकी अर्थ मन्त्रालयले इरानी शासनविरुद्ध आफ्नो इकोनोमिक फ्युरी अभियान जारी राखेको छ… इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी मजाक हो र यसमा ट्रेजरी डिपार्टमेन्टले प्रतिबन्ध लगाएको छ।’

उनले थपेका छन्, ‘हामी इरानका दुवै एयरलाइन्सको अवतरण, इन्धन भर्ने र टिकट बिक्रीमा पहुँच पनि रोक्नेछौँ।’

अमेरिकाले पर्सियन गल्फ स्ट्रेट अथोरिटीसँग सहकार्य गर्ने सबैलाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ।


प्रतिकृया दिनुहोस्