Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युक्रेनमा रुसको भीषण हमला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १९ गते


Advertisement

१९ जेठ, काठमाडौं । रुसले युक्रेनका धेरै सहरमा भीषण आक्रमण गरेको छ।

जसमा परी अहिलेसम्म ५ जनाको मृत्यु र ४५ जना घाइते भएको रिपोर्ट बीबीसीले गरेको छ।

रुसले गरेको हमलामा युक्रेनको डिनिप्रोमा ४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

यस्तै युक्रेनको राजधानी किएभमा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

गत हप्ता रुसले निरन्तर आक्रमण गरिने चेतावनी दिएको थियो।

यो चेतावनी गत महिना युक्रेनले रुसको कब्जामा रहेको एक होस्टेलमा ड्रोन आक्रमण गरेपछि दिइएको थियो, जसमा २१ जनाको मृत्यु भएको थियो।

किएभका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई आश्रयस्थलमा बस्न आग्रह गरेका छन्।

किएभ सहर सैन्य प्रशासनका प्रमुख तैमुर तकाचेन्कोले भने, ‘शत्रुले ब्यालिस्टिक मिसाइलले आक्रमण गरिरहेको छ।


प्रतिकृया दिनुहोस्