
१४ जेठ, काठमाडौं । इजरायली सेनाले बिहीबार दक्षिणी लेबननको ठूलो भाग खाली गर्न आदेश जारी गरेको छ ।
नयाँ आक्रमण हुनुभन्दा पहिले नै इजरायल ती क्षेत्रहरूलाई युद्ध क्षेत्र घोषणा गरिसकेको छ ।
इजरायल रक्षा बल (आईडीएफ) ले मानिसहरूलाई जहरानी नदीको उत्तरतिर सर्न आग्रह गरेको छ । यो नदी इजरायली सीमाबाट लगभग ४० किलोमिटर टाढा रहेको बीबीसीले उल्लेख गरेको छ ।
आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गर्ने बताएको छ । उनले हिजबुल्लाहमाथि बारम्बार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
यो अप्रिल १७ मा लागु भएको युद्धविराम पछिको सबैभन्दा ठुलो आक्रमण आदेश हो, जसले लेबननको लगभग १४ प्रतिशत भूभागमा असर गर्ने बीबीसीले उल्लेख गरेको छ ।
यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमा हवाई आक्रमण गरेको थियो । हिजबुल्लाहले पनि इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
बुधबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने, हिजबुल्लाहले दक्षिणी लेबननमा तैनाथ सैनिक र उत्तरी इजरायलका नागरिकहरूमाथि ड्रोन आक्रमण गरेको छ ।



























