Skip

Hamro Sanchar

इरानि जनताले ८७ दिनपछि पाउने भए इन्टरनेट सुविधा : सुचारु गर्न स्वीकृति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


१२ जेठ, काठमाडौं । इरानमा करिब तीन महिनादेखि जारी डिजिटल ब्ल्याकआउट अन्त्य गर्ने निर्णय भएको छ ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले देशको ठूलो हिस्सालाई विश्वव्यापी सञ्जालबाट विच्छेद गराएको करिब तीन महिनाको कडा प्रतिबन्धपछि इरानभरि अन्तर्राष्ट्रिय इन्टरनेट पहुँचलाई पुनः सुचारु गर्न आदेश दिएका छन् ।

इरानी अधिकारीहरूले ८७ दिनपछि इन्टरनेट तथा सञ्चार सेवाहरू पुनः बहाल गर्न स्वीकृति दिएका हुन् ।

लबदष्
िइरानमा लामो समयदेखि जारी विरोध प्रदर्शन, क्षेत्रीय तनाव तथा साइबर प्रतिबन्धका कारण इरान लगभग पूर्णरूपमा विश्वव्यापी इन्टरनेट सञ्जालबाट अलग भएको थियो ।

विशेष गरी फेब्रुअरी २८ मा अमेरिका–इजरायलसँगको तनाव बढेपछि इरानमा इन्टरनेटमाथि कडा नियन्त्रण लागु गरिएको थियो । त्यसपछि धेरै डिजिटल प्लेटफर्म र अनलाइन सेवाहरू सर्वसाधारणका लागि लगभग बन्दजस्तै बनेका थिए ।

यस प्रतिबन्धले व्यापार, शिक्षा, बैंकिङ, सञ्चार तथा डिजिटल सेवाहरूमा व्यापक असर पारेको थियो । सन् २०२५ मा इरानमा मोबाइल फोन आयातमा उल्लेखनीय गिरावट आएको थियो । अघिल्लो वर्षको तुलनामा मोबाइल आयात संख्या र कुल मूल्य दुवै घटेका थिए ।

विश्लेषकहरूले यसको मुख्य कारण इन्टरनेट प्रतिबन्ध, आर्थिक अस्थिरता तथा डिजिटल बजारमा आएको मन्दीलाई मानेका छन् ।

यो आदेशलाई इरानको सञ्चार मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन् ।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्ससँग सम्बद्ध ‘फार्स न्युज एजेन्सी’ले सोमबार बसेको बैठकमा इन्टरनेट पहुँच पुनर्बहाली गर्ने निर्णय बहुमतका आधारमा पारित भएको जनाएको छ । रिपोर्टअनुसार उक्त प्रस्ताव पक्षमा नौ मत र विपक्षमा तीन मतसहित स्वीकृत भएको थियो


प्रतिकृया दिनुहोस्