
८ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार होर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूमा लगाइने कुनै पनि प्रकारको शुल्कको अमेरिकाले विरोध गर्ने बताएका छन् ।
उनले इरानलाई कुनै पनि अवस्थामा अत्यधिक सम्वद्र्धित युरेनियम राख्न अनुमति नदिइने स्पष्ट पारेका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने, “यो एउटा अन्तर्राष्ट्रिय जलमार्ग हो र यसमा शुल्क लगाउनु ठीक होइन ।” उनले हालसम्म यस मार्गबाट कुनै शुल्क नलिइएको दाबी पनि गरे ।
ट्रम्पले जहाज आवतजावत गतिविधिमाथि लगाइएका प्रतिबन्धका कारण इरानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको पनि बताए ।
इरानले संवद्र्धित युरेनियम राख्न पाउने वा नपाउने भन्ने प्रश्नमा उनले नपाउने जवाफ दिएका थिए । ट्रम्पले अमेरिकाले उक्त युरेनियम आफ्नो नियन्त्रणमा लिएर नष्ट गरिने बताए । उनले भने, “इरानलाई त्यो राख्ने अनुमति कदापि दिइने छैन ।”











