Skip

Hamro Sanchar

यूएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण : आगलागी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीको अमीरातमा आइतबार एक आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

यूएईको मिडिया कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘अबुधाबीको अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा संयन्त्रको भित्री घेराबाहिर ड्रोन आक्रमणका कारण विद्युतगृहमा आगलागी भएको छ ।’ घटनापछि अधिकारीहरूले आक्रमणको आवश्यक प्रतिक्रिया दिइसकेका छन्।

‘आक्रमणबाट कुनै चोटपटक रिपोर्ट गरिएको छैन र रेडियोधर्मी विकिरणजन्य सुरक्षा स्तरमा कुनै असर परेको छैन,’ कार्यालयले भनेको छ ।


प्रतिकृया दिनुहोस्