Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने बताएको ट्रम्पको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


Advertisement

१ जेठ, बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गरेको उनले बताए।

बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, “उहाँले चीनले यो (अमेरिका इरानबीचको)युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन।”

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उहाँले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उहाँले भन्नुभएको छ ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु।”

राष्ट्रपति ट्रम्प चीनको तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका थिए । उनी शुक्रबार चीनबाट स्वदेश फिर्ता हुनेछन् ।


प्रतिकृया दिनुहोस्