Skip

Hamro Sanchar

इरानको चेतावनी : अब अमेरिका र इजरायल युद्धबाट पछि हट्ने ठाउँ छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३१ गते


३१ बैशाख, काठमाडौं । इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रामिनियाले अमेरिका र इजरायलसँग युद्ध छोडेर पछि हट्ने ठाउँ नरहेको बताएका छन् ।

अक्रामिनियाले अमेरिकासँगको युद्धविराम अनिश्चित बनेका बेला आफ्ना सशस्त्र बलहरू उच्चतम स्तरको सतर्कतामा रहेको बताएको अलजजिराले जनाएको छ ।

अक्रामिनियाले इरानी सेनाले शत्रुलाई उद्देश्यहरू प्राप्त गर्नबाट रोकेको र यो युद्धबाट पछि अब पछि हट्ने कुनै ठाउँ नरहेको बताएका छन् । उनले इरानको सैन्य क्षमताको प्रशंसा गर्दै भने, “इरानसँग यस्तो क्षमता छ, जुन शत्रुले अपेक्षा समेत गरेको थिएन ।”

उनले इरानी सेना र सुरक्षा बलहरू पूर्ण रूपमा तयार रहेको बताउँदै युद्धविराम निकै कमजोर अवस्थामा रहेको उल्लेख गरे ।

अक्रामिनियाले रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गको सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै यस क्षेत्रको पश्चिमी हिस्साको नियन्त्रण इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सको नौसेनाले गरिरहेको बताए ।

युद्धका क्रममा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूका धेरै उपकरणहरू ध्वस्त पारिएको समेत उनले बताए ।


प्रतिकृया दिनुहोस्