Skip

Hamro Sanchar

इरान युद्ध अन्त्य गर्न चीनको आवश्यकता छैन : डोनाल्ड ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ३० गते


३० बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।

त्यसअघि उनले इरानसँगको युद्ध अन्त्य गर्न चीनको सहयोग आवश्यक नरहेको बताएका थिए।

डोनाल्ड ट्रम्पले चीन भ्रमणको क्रममा राष्ट्रपति सी जिनपिङसँग विस्तृत कुराकानी गर्ने बताए । हामीसँग कुरा गर्न धेरै विषयहरू छन् ।

स्पष्ट रूपमा भन्नुपर्दा, इरान हाम्रो एजेन्डामा छैन किनभने पहिले नै इरान हाम्रो नियन्त्रणमा छ, ट्रम्पले भने ।

उनले इरानलाई चेतावनी दिँदै भने, या त हामी सम्झौतामा पुग्नेछौँ नत्र उनीहरू (इरान) नष्ट हुनेछन् ।

चिनियाँ विदेश मन्त्रालयले ट्रम्प मे १३ देखि १५ सम्म चीनको राजकीय भ्रमण गर्ने पुष्टि गरेको थियो । यो लगभग नौ वर्षमा अमेरिकी राष्ट्रपतिको पहिलो चीन भ्रमण हुनेछ ।

ट्रम्पको भ्रमण सुरुमा मार्चमा तय गरिएको थियो तर पश्चिम एसियामा जारी तनावका कारण स्थगित गरिएको थियो ।


प्रतिकृया दिनुहोस्