Skip

Hamro Sanchar

युद्ध अन्त्य गर्ने इरानी प्रस्तावलाई ट्रम्पले गरे अस्वीकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २८ गते


२८ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन् ।

आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै इरानका प्रतिनिधिहरूबाट आएको जवाफ पढेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन् ।

इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्तामार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो । उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड दिइएको बताइएको थियो ।

लबदष्
ि‘वाल स्ट्रिट जर्नल’का अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डारसम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताएका छन् ।

यसअघि आइतबार तेहरानले पाकिस्तानमार्फत वासिङ्टनलाई एउटा प्रस्ताव पठाएको थियो ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो ।

इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो ।


प्रतिकृया दिनुहोस्