Skip

Hamro Sanchar

रुस र युक्रेनबीच ३ दिने युद्धविरामको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २६ गते


२६ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेनबीच तीनदिने युद्धविराम हुने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ९–११ मेसम्म युद्धविराम लागू हुने बताएका हुन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले पनि अमेरिकी पहलमा युद्ध अन्त्यका लागि तीनदिने युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।

रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभका अनुसार अमेरिका, रुस र युक्रेनबीच टेलिफोन संवादमार्फत सहमति जुटाइएको हो । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच हालै भएको वार्तामा पनि युद्धविरामबारे छलफल भएको बताएका छन् ।

युद्धविराम अवधिमा सबै सैन्य गतिविधि रोक्ने तथा दुवै देशले एक–एक हजार युद्धबन्दी आदानप्रदान गर्ने सहमति भएको जनाइएको छ ।

ट्रम्पले यो कदम लामो र घातक युद्ध अन्त्यतर्फको सुरुआत हुन सक्ने बताएका छन् । उनले सन् २०२४ को चुनावी अभियानमा युक्रेन युद्ध अन्त्यलाई मुख्य एजेन्डा बनाएका थिए । यद्यपि, शान्ति वार्तामा अझै प्रगति हुन सकेको छैन


प्रतिकृया दिनुहोस्