Skip

Hamro Sanchar

इथियोपियाकी यी महिलाले एकसाथ ५ बच्चा जन्माएपछि…

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २६ गते


२६ बैशाख, काठमाडौं । इथियोपियाको हरारीमा एक महिलाले १२ वर्षको प्रयासपछि अन्ततः एकैसाथ पाँच बच्चा जन्माएकी छन्।

बेदरिया अदेम नामकी महिलाले एकैसाथ पाँच बच्चा जन्माएकी हुन्।

उनले बीबीसीसँग भनेकी छन्, ‘मेरो खुसी शब्दमा वर्णन गर्न सकिँदैन।’

३५ वर्षीया उनले हिवोट फाना विशेष अस्पतालमा चार छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

अस्पतालका अनुसार सबै बच्चा पूर्ण रूपमा स्वस्थ छन्।

एकसाथ पाँच सन्तान प्राप्त भएपछि बेदरिया अदेमले त्यो समय सम्झिन् जतिबेला उनी गहिरो डिप्रेसनमा थिइन्।

अस्पतालका मेडिकल निर्देशक डा। मोहम्मद नुर अब्दुल्लाहीले भने, ‘आमा र बच्चाहरू अस्पतालको हेरचाहमा छन्।’

उनका अनुसार बच्चाहरूको तौल १।३ देखि १।४ किलोग्रामसम्म छ।

उनले बीबीसीसँग भनेका छन्, ‘एक किलोग्रामभन्दा बढी तौल भएका नवजात शिशु बाँच्ने र स्वस्थ विकास हुने सम्भावना बढी हुन्छ।’

डाक्टरका अनुसार बेदरियाले इन भिट्रो फर्टिलाइजेसन ९आईभीएफ० को मद्दतबिना प्राकृतिक रूपमा गर्भधारण गरेकी थिइन् ।


प्रतिकृया दिनुहोस्