Skip

Hamro Sanchar

चीनका दुई पूर्वरक्षामन्त्रीलाई मृत्युदण्ड !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडौं । चीनका दुई पूर्व रक्षामन्त्रीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको छ। तथापि, दुई वर्षपछि सो सजायलाई जन्मकैदमा बदलिने सिन्ह्वाले जनाएको छ।

पूर्वरक्षामन्त्रीहरु वेइ फेङहे र ली साङ्फुलाई भ्रष्टाचार मुद्दामा सो सजाय सुनाइएको रिपोर्टमा उल्लेख छ। उनीहरुसहित अन्य कयौँ अधिकारीहरुलाई राष्ट्रपति सी चिनफिङ अपदस्थ गरेका थिए।

सैन्य अदालतले वेइलाई घुस लिएको तथा लीलाई घुस स्वीकारेको र घुस खुवाउने प्रस्ताव पनि गरेको अभियोगमा दोषी ठहर गरिएको हो।

उनीहरुले जिन्दगीभरि राजनीतिक अधिकार पाउने छैनन् र उनीहरुको सम्पत्ति पनि हरण गरिएको छ।

मृत्युदण्ड जन्मकैदमा फेरिएपछि उनीहरु जिन्दगीभरि रिहा हुने छैनन्। २०१२ मा सीले भ्रष्टाचारविरुद्ध कारबाही थालेयता सैन्य अधिकारीहरुलाई सुनाइएको यो कठोरतम सजाय हो।


प्रतिकृया दिनुहोस्