Skip

Hamro Sanchar

सडक र फुटपाथ अतिक्रमण हटाउन कागेश्वरी मनोहराको आग्रह, अटेर गरे कारबाही हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बजार क्षेत्रभित्र बढ्दै गएको सडक तथा फुटपाथ अतिक्रमण नियन्त्रण गर्न कडा कदम अघि बढाएको छ। नगरपालिकाले जारी गरेको सूचनाअनुसार मुख्य तथा सहायक सडक, फुटपाथ र सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने गतिविधि तत्काल हटाउन आग्रह गरिएको छ।

नगरपालिकाले साना–ठूला व्यापारिक गतिविधि, अनधिकृत पार्किङ तथा अन्य कारणले सार्वजनिक आवागमनमा समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता क्रियाकलाप रोक्न माइकिङ, प्रचारप्रसार तथा सचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ।

यदि यस्ता अवरोध र अनधिकृत पार्किङ नरोकिएमा नगरपालिकाले सामग्री जफत गर्ने र दण्ड–जरिवाना समेत लगाउने निर्णय लिएको भएको सूचनामा भनिएको छ। साथै सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा राखिएका व्यक्तिगत तथा व्यावसायिक सामग्री र सवारी साधन तुरुन्त हटाउन सम्बन्धित सबैलाई निर्देशन दिइएको छ।

नगरपालिकाले सर्वसाधारणलाई नियमको पालना गर्दै व्यवस्थित र सहज आवागमन सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको छ।


प्रतिकृया दिनुहोस्