
२२ बैशाख, काठमाडौं । भारतको तमिलनाडु विधानसभा निर्वाचनको नतिजाले धेरैलाई आश्चर्यचकित पारेको छ ।
अभिनेताबाट राजनीतिज्ञ बनेका विजय थलापतिको नेतृत्वमा रहेको टिभीके पार्टीले अन्य राजनीतिक दललाई धेरै पनि पारेको छ ।
विजय थलापतिको पार्टीको जितसँगै उनीसँग जोडिएका धेरै पक्ष यतिबेला चर्चाको विषय बनेको छ । यस्तै चर्चाको विषय बनेको छ, आर। सबरीनाथनको विजय ।
सबरीनाथन विरुगमपक्कम सिटबाट जितेर विधायक बनेका छन् । सबरीनाथन विजय थपापतिको लामो समयदेखि चालक रहेका राजेन्द्रनका छोरा हुन् ।
त्यसैले यतिबेला सबरीनाथ भारतीय सञ्चारमाध्यममा हेडलाइन बनिरहेका छन् । सबरीनाथन विजय थलापतिको खुट्टा छोएर ढोगिरहेको भिडियो यतिबेला ‘भाइरल’ भइरहेको छ ।













