
२२ बैशाख, एजेन्सी । भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा २९३ सिटको मतपरिणाम सार्वजनिक भएको छ ।
जसमा राज्यमा पहिलोपटक भाजपाले स्पष्ट बहुमत पाउँदा सत्तारुढ त्रिणमुल कांग्रेस ८१ सिटमा खुम्चिन पुगेको छ ।
२०२१ को विधानसभा निर्वाचनको तुलनामा टीएमसीले १३५ सिट गुमाएको छ ।
भाजपाले भने अघिल्लो निर्वाचनको तुलनामा १२९ सिट थपेर २०६ सिटमा जित हासिल गरेको छ । भाजपाको यो जितसँगै पश्चिम बंगालमा १५ वर्षपछि ममता बनर्जीको सत्ता ढलेको छ ।
कांग्रेसले २ सिटमा जित हासिल गर्दा बाबरी मस्जिद बनाइरहेका हुमायु कबीरको पार्टी आम जनता उन्नयन पार्टीले पनि २ सिटमा जित हासिल गरेको छ ।
कुनै समय पश्चिम बंगालमा बलियो शक्ति मानिने कम्युनिस्ट पार्टीहरूको गठबन्धनले २ सिट सितेको छ । मुख्यमन्त्री ममता बनर्जी भवानीपुर सिटमा भाजपाका सुबेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित भएकी छन् ।
सुवेन्दुले लगातार दोस्रोपटक ममतालाई हराएका हुन् । २०२१ को विधानसभा निर्वाचनमा नन्दीपुरबाट ममता सुवेन्दुसँगै पराजित भएकी थिइन् ।
पश्चिम बंगालमा कुल २९४ विधानसभा सिट छन् । जसमध्ये १ सिटमा २१ मेमा पुनः मतदान भएपछि २४ मेमा नजिता सार्वजनिक हुनेछ ।













