Skip

Hamro Sanchar

सर्वोच्च नेताको दाबी : इरानसंग अमेरिका लज्जास्पद हार्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


Advertisement

१८ बैशाख, काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले इस्लामिक गणतन्त्रसँगको युद्धमा अमेरिका पराजित भएको दाबी गरेका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको लामो नाकाबन्दी इरानी नेतृत्वले उल्लङ्घन गर्न सफल हुनुलाई इरानको जित भएको सर्वोच्च नेता खामेनीले बिहीबार जारी लिखित सन्देशमा उल्लेख छ।

खामेनीले भनेका छन्, यस क्षेत्रमा सबैभन्दा ठुलो सैन्य तैनाथी र आक्रमण र संयुक्त राज्य अमेरिकाको लज्जास्पद हारको दुई महिनापछि पर्सियन खाडी र स्ट्रेट अफ होर्मुजका लागि नयाँ अध्याय खुलेको छ।

इरानको नयाँ सर्वोच्च नेताका रूपमा मार्च ९ मा नियुक्त भएयता अहिलेसम्म सार्वजनिक रूपमा देखा नपरेका खामेनीको सन्देश इरानमा ‘पर्सियन खाडी’ दिवसको वार्षिक राष्ट्रिय उत्सवका अवसरमा बिहीबार जारी गरिएको हो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता तथा खामेनीका पिता मारिएपछि मोजतबा खामेनी सर्वोच्च नेता बनेका हुन्।

गत हप्ता न्युयोर्क टाइम्सले नाम नखुलाइएका कैयौँ इरानी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा खामेनी गम्भीर घाइते भएको तर उनी मानसिक रूपमा तेज रहेको बताएको थियो।

आफ्नो बिहीबारको सन्देशमा उनले अमेरिकाले यस क्षेत्रमा आफ्ना सहयोगीहरूलाई सुरक्षित गर्ने कुनै आशा प्रदान गर्ने कुरा त परै जाओस् अमेरिकी अड्डाहरूमा ‘आफ्नो सुरक्षा सुनिश्चित गर्ने क्षमताको पनि अभाव रहेकोु दाबी गरेका छन्।


प्रतिकृया दिनुहोस्