Skip

Hamro Sanchar

युद्धविराम कै बीच इजरायले गर्‍यो लेबनानमा भीषण आक्रमण, १४ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


१४ बैशाख, काठमाडौं । आइतबार लेबनानको दक्षिणी भेगमा भएका इजरायली हवाई हमलामा १४ जनाको ज्यान गएको छ।

अप्रिल १६ देखि सुरु भएको र हालै मे मध्यसम्मका लागि बढाइएको अमेरिका मध्यस्थताको युद्धविरामका बाबजुद यो घटना भएको अलजजिराले जनाएको छ ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार, मृत्यु हुने १४ जनामा दुई महिला र दुई बालबालिका रहेका छन् । यसबाहेक ३७ जना अन्य घाइते भएका छन् ।

इजरायली युद्धविमानले कफर तिबनित र जावतार अल–शर्किया लगायतका गाउँहरूमा आक्रमण गरेका थिए, जहाँ एउटा मस्जिद र अन्य धार्मिक भवनहरू ध्वस्त भएका छन् ।

इजरायलले पनि दक्षिण लेबनानमा भएको भिडन्तका क्रममा आफ्ना एक सैनिकको मृत्यु भएको र ६ जना घाइते भएको पुष्टि गरेको छ ।


प्रतिकृया दिनुहोस्