
१३ बैशाख, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प राजधानी वासिङ्टनस्थित ह्वाइट हाउसमा पत्रकारहरूसँग डिनर गरिरहेका बेला बाहिर गोली चलेको छ।
बीबीसीका अनुसार त्यसपछि उनलाई हतार हतार बाहिर निकालेर सुरक्षित स्थानमा लगिएको छ।
ट्रम्पले आक्रमणकारीलाई पक्राउ गरिएको बताएका छन्।
डिनर भइरहेको हलमाथिको लबी क्षेत्रमा गोली चलेको बताइएको छ।
बाहिर गोली चल्दा राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्स हिल्टन होटलमा थिए।
कार्यक्रममा राष्ट्रपति ट्रम्प, उनकी श्रीमती मेलानिया र उपराष्ट्रपति भान्सलगायत धेरै जना वरिष्ठ अधिकारी थिए ।












