Skip

Hamro Sanchar

ट्रम्पको घोषणा : इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ८ गते


८ बैशाख, काठमाडौंमा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी नहटाउने बताएका छन् ।

एक हप्ताअघि सुरु गरिएको उक्त नाकाबन्दीले इरानलाई गम्भीर आर्थिक क्षति पुर्‍याइरहेको उनको दाबी छ ।

अमेरिका र इरानबीचको अस्थायी युद्धविराम बुधबार सकिने तयारीमा रहेको अवस्थामा नयाँ शान्ति वार्ता हुने वा नहुने अन्योल कायम छ ।

पाकिस्तानमा सम्भावित वार्ताको तयारी भइरहे पनि अमेरिकी प्रतिनिधिमण्डल अझै प्रस्थान गरेको छैन भने इरानले सहभागी हुनेबारे निर्णय गरेको छैन ।

नाकाबन्दीपछि अमेरिकी सेनाले दर्जनौँ जहाजलाई फर्काएको छ, र एक इरानी कार्गो जहाजसमेत नियन्त्रणमा लिएको छ ।

इरानले यसलाई ‘समुद्री डकैती’ भन्दै युद्धविराम उल्लंघनको आरोप लगाएको छ ।

यसैबीच, इरानले स्ट्रेड अफ होर्मुजमा आफ्नै नाकाबन्दी जारी राखेको छ, जसले विश्व ऊर्जा बजारमा असर परेको छ ।

दुवै देशबीच आरोपप्रत्यारोप जारी रहँदा सम्भावित दोस्रो चरणको वार्ता महत्त्वपूर्ण मानिएको छ, तर यसको भविष्य अझै अनिश्चित देखिएको बीबीसीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्