Skip

Hamro Sanchar

अमेरिकी सेनाले इरानी पानीजह लियो कब्जामा, के भन्छ इरान ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ७ गते


७ बैशाख, काठमाडौं । अमेरिकी सेनाले इरानी पानीजहाजलाई कब्जामा लिएको छ ।

अमेरिकाले लगाएको नाकाबन्दी उल्लंघन गर्न खोज्ने उक्त पानीजहाजलाई अमेरिकी सेनाले गल्फ अफ ओमाननजिक गोली प्रहार गरी आफ्नो कब्जामा लिएको बताएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानी झन्डावाल जहाज टुस्कालाई इरनी बन्दरगाहतर्फ अगाडि बढ्दै गर्दा नियन्त्रणमा लिएको बताएको छ ।

“टुस्का जहाजका चालकदलले पटकपटक दिइएको चेतावनी पालना नगरेपछि ६ घण्टाको अवधिभित्र अमेरिकी विध्वंशक जहाजले उसको इन्जिन रुम खाली गर्न निर्देशन दियो,” अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ ।

लबदष्
िनियन्त्रणमा लिइसकेपछि यसको इन्जिन रुममा धेरैपटक गोली प्रहार गरी यसलाई काम गर्न नसक्ने बनाएको सेन्ट्रल कमान्डले जनाएको छ ।

अमेरिकाले इरानी बन्दरगाहवरिपरि नाकाबन्दी सुरु गरेपछि अहिलेसम्म २५ वटा जहाजलाई फिर्ता पठाइसकिएको बताएको छ ।

यसैबीच सामाजिक सञ्जालमार्फत इरानी सेनाले यसको जवाफमा तुरुन्त कदम चाल्ने बताएको छ । इरानी सरकारी प्रसारक आईआरआईबीले यो घटनालाई राजमार्ग डकैतीको कार्यसँग तुलना गर्दै इरानी कमर्सियल जहाजलाई कब्जा गरेर युद्धविरामको उल्लंघन गरेको बताएको छ ।

अमेरिकाले जहाजको नेभिगेसनल उपकरण नष्ट गरेको र डेकमा सैनिक परिचालन गरी यसविरुद्ध आक्रामक कार्य गरेको इरानले बताएको छ ।

“हामी चेतावनी दिन्छौँ कि इस्लामिक गणतन्त्र इरानका सशस्त्र बलहरूले यस अमेरिकी सशस्त्र समुद्री डकैतीको चाँडै जवाफ दिनेछन् र कडा बदला लिनेछन्,” सामाजिक सञ्जालमार्फत भनिएको छ ।


प्रतिकृया दिनुहोस्