Skip

Hamro Sanchar

ट्रम्पको चेतावनी : बुधबारसम्म सम्झौता नभए इरानमा बम खसाल्छौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ५ गते


५ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधी नलम्बिने बताएका छन्।

एयरफोर्स वानमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले गत बुधबारदेखि जारी युद्धविराम तोकिएको अवधिभन्दा नलम्बिने बताएका हुन्।

गत बुधबार अमेरिका र इरानबीच दुई साताको युद्धविराम भएको थियो। सोअनुसार आगामी बुधबार युद्धविरामका लागि तोकिएको समय समाप्त हुन्छ।

ट्रम्पले बुधबारभित्रै दीर्घकालीन सम्झौता हुनुपर्ने बताएका छन्।

ुशायद म युद्धविरामको समय लम्ब्याउँदिनँ। सम्झौता भएन भने दुर्भाग्यवश फेरि बम खसाल्नुपर्ने हुन सक्छ,ु ट्रम्पले भने।

उनले इरानमा नाकाबन्दी कायमै रहने पनि बताएका छन्।

अमेरिकाले इरानमा जाने र त्यहाँबाट आउने तेलवाहक पानीजहाजहरूलाई समुद्रमा रोक लगाएर नाकाबन्दी गरेको छ।

नाकाबन्दीपछि इरानले शुक्रबारदेखि स्ट्रेट अफ हर्मुज अस्थायी रूपमा खुला गरिएको घोषणा गरेको थियो।

ट्रम्पले मध्यपूर्वबाट केही सकारात्मक खबर आएको पनि बताएका छन्। यद्यपि त्यो के खबर हो भनेर चाहिँ उनले खुलाएनन्। ट्रम्पले सप्ताहन्तमा थप वार्ता हुने सम्भावना अझै बाँकी रहेको बताए


प्रतिकृया दिनुहोस्