
२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरुबाट तेल ढुवानी सञ्चालन गर्ने विषयमा असन्तुष्टि व्यक्त गरेका छन्
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै इरानले तेल आवतजावतको व्यवस्थापन अत्यन्त कमजोर र अपमानजनक तरिकाले गरिरहेको आरोप लगाए ।
ट्रम्पले इरानको व्यवहार आफूहरूबीच भएको सहमतिविपरीत रहेको उल्लेख गर्दै ‘यो हाम्रो सहमति होइन’ भनेका छन् ।
हाल होर्मुज जलडमरु क्षेत्रमा तनाव उच्च रहेको छ, जहाँ इरानले जहाज आवागमनमा कडाइ गर्दै तेल आपूर्तिमा अवरोध सिर्जना गरेको आरोप लागिरहेको छ, जसले विश्व ऊर्जा बजारमा असर पारिरहेको छ ।













