Skip

Hamro Sanchar

अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २५ गते


काठमाडौं । अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्।

उनले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए।

ट्रम्पले दिएको अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा उनी युद्धविरामका लागि सहमति भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए।

युद्धविराममा सहमति भएपछि अमेरिका र इरान दुवैले प्रधानमन्त्री सरिफलाई धन्यवाद दिएका छन्।

ुसंयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान लगायत उनीहरूका सबै सहयोगी राष्ट्रहरू तत्काल कार्यान्वयन हुने युद्धविरामका लागि सहमत भएको घोषणा गर्न पाउँदा म खुशी छु,ु प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्।

अमेरिकी अधिकारीहरूले इसराइल पनि युद्धविरामका लागि सहमत भइसकेको दाबी गरेका छन्।

युद्धविराममा लेबनन पनि समेटिएको इरानी अधिकारीहरूले बताएका छन्।

ल्अभिि
इरानी सरकारी टेलिभिजनले इरानको १० बुँदे प्रस्तावमा अमेरिकी सहमत भएको भनेर समाचार प्रसारण गरेका छन्।

प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, इरान विरूद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएको रोयटर्सले इरानी सरकारी मिडियाको हवाला दिँदै लेखेको छ।

इरानले इसराइलबाट आक्रमण रोकिए स्ट्रेट अफ हर्मुज खुला गर्ने संकेत गरेको छ।

दुई देशबीच १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने पनि तय भएको पनि अधिकारीहरूले बताएका छन्।

६ हप्तादेखि जारी युद्धमा करिब एक दर्जन देशमा पाँच हजारभन्दा बढी मानिसको ज्यान गएको छ, जसमा इरानमै १,६०० भन्दा बढी सर्वसाधारण परेका छन्।

अन्तिम समयमा गरिएको सहमतिले विश्व बजारमा राहतको सास फेर्न मौका दिएको छ। अमेरिकी सेयर सूचक उकालो लाग्दा कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर करिब ९२ डलर प्रति ब्यारेलमा झरेको रोयटर्सले जनाएको छ।


प्रतिकृया दिनुहोस्