
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति इरानको पुरै सभ्यता समाप्त पारिदिने धम्की दिएका छन् । उनले भनेका छन्, ‘आज राति पुरै सभ्यता समाप्त हुनेछ । फेरि कहिल्यै फर्काएर ल्याउन सक्ने छैनन् ।’
उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘म चाहदिनँ कि यस्तो होस् । तर सायद यस्तै हुनेछ । यद्यपि अब त्यहाँ सत्ता पूर्ण रूपमा बदलिएको छ । जहाँ अलग, ज्यादा समझदार र कम कट्टर सोच भएका मानिसहरू रहेका छन् । कसले जान्दछ कि सायद केही बढी शानदार र क्रान्तिकारी हुन सक्छन् ?
ट्रम्पले आज राति संसार लामो र जटिल इतिहासको सबैभन्दा महत्त्वपूर्ण पलको साक्षी बन्ने समेत दाबी गरेका छन् ।
उनले ४७ वर्षको ज्यादति, भ्रष्टाचार र मृत्युको सिलसिला अन्ततः समाप्त हुने बताएका छन् । उनले भनेका छन्, ‘ईश्वरले इरानका जनताको रक्षा गरुन् ।’













