Skip

Hamro Sanchar

युद्ध अन्त्यका लागि पाकिस्तानमाफर्त इरानले अमेरिकालाई पठायो शान्ति प्रस्ताव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


Advertisement

२४ चैत, काठमाडौं । इरानले जारी युद्ध सधैका लागि अन्त्यका गर्न पाकिस्तानमाफर्त अमेरिकालाई शान्ति प्रस्ताव पठाएको छ । दुई देशबिचको वार्तामा पाकिस्तानले मध्यस्थता गरिरहेको छ।

समाचार एजेन्सी आईआरएनएका अनुसार इरानी प्रतिनिधिमण्डलले अमेरिकाको प्रस्तावमा जवाफ दिएको हो। आईआरएनएको रिपोर्टअनुसार इरानको नेतृत्वले लगभग दुई हप्तासम्म गहन समीक्षापश्चात् आफ्नो प्रतिक्रिया पठाएको हो।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौताका लागि आज मंगलबारसम्मको समयसीमा दिएपछि इरानले प्रतिक्रिया दिएको हो। ट्रम्पले मंगलबारसम्म होर्मुज स्ट्रेट नखोलिए इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिने धम्की दिएका छन्।

अप्रिल ६ मा इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले मध्यस्थकर्ताहरूमार्फत सन्देश आदानप्रदान भएको पुष्टि गरेका छन्। तर अमेरिकाको १५-बुँदे योजना अस्वीकार गरेको दाबी गरेका छन्।

समाचार एजेन्सीका अनुसार इरानको दस्तावेजमा क्षेत्रीय द्वन्द्वको अन्त्य, होर्मुज स्ट्रेटमा सुरक्षित आवतजावतको सम्झौता, पुनर्निर्माण र प्रतिबन्ध हटाइनुपर्नेजस्ता धेरै माग छन्।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति पत्रकार सम्मेलन गरी अमेरिकाले चाह्य एकै रातमा सिंगो इरानलाई ध्वस्त पार्न सक्ने कडा चेतावनी दिएका छन्।


प्रतिकृया दिनुहोस्