Skip

Hamro Sanchar

इरानलाई ट्रम्पको चेतावनी : सम्झौता नगरे एकै रातमा ध्वस्त बनाइदिन्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग निर्धारित समयसीमाभित्र सम्झौता नभए एकै रातमा देश ध्वस्त पार्न सकिने चेतावनी दिएका छन् ।

उनले इरानलाई अत्यन्त महत्त्वपूर्ण ऊर्जा मार्ग स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्न माग गरेका छन् ।

ट्रम्पले वासिङ्टन समय (अमेरिका) अनुसार मंगलबार राति ८ बजेसम्म सम्झौताको समयसीमा तोकेका छन् । उनले इरानका केही नेताहरू सद्भावका साथ वार्तामा रहेको बताए पनि नतिजा अनिश्चित रहेको जनाए ।

इरानले अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै स्थायी रूपमा द्वन्द्व अन्त्य र प्रतिबन्ध हटाउन माग गरेको छ ।

ट्रम्पले चेतावनी दोहोर्‍याउँदै समयसीमा नाघेमा इरानको ऊर्जा र यातायात संरचनामा आक्रमण हुन सक्ने बताएका छन् । उनले देशलाई ढुंगे युगमा फर्काइने भन्दै पुल र विद्युत् केन्द्रहरू नष्ट गरिने दाबी गरेका छन् ।

यसबीच, कानुनी विज्ञहरूले इरानी पूर्वाधारमा योजनाबद्ध आक्रमण अन्तर्राष्ट्रिय कानूनअनुसार युद्ध अपराध हुन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकी सेनाले युद्ध सुरु भएदेखि इरानभर १३ हजारभन्दा बढी आक्रमण गरेको दाबी गरिएको छ ।


प्रतिकृया दिनुहोस्