Skip

Hamro Sanchar

अफगानिस्तानमा भूकम्प जादा एकै परिवारका ८ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २१ गते


काठमाडौं । अफगानिस्तानमा शुक्रबार राति ५।८ म्याग्निच्युडको भूकम्प गएको छ।

अफगान अधिकारीहरूका अनुसार भूकम्पमा कम्तीमा ८ जनाको मृत्यु भएको छ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पका कारण राजधानी काबुलको बाहिरी इलाकामा घर भत्किँदा एकै परिवारका ८ जनाको मृत्यु भएको हो। साथै एक बालक घाइते पनि भएका छन्।

१८० किलोमिटरभन्दा बढी गहिराइमा गएको भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो।

पाकिस्तानका इस्लामाबाद, पेसावर, चित्राल, स्वात र साङ्लामा पनि भूकम्पको धक्का महसुस गरिएको हो। तर त्यहाँ घाइते वा क्षति भएको खबर अहिलेसम्म आएको छैन ।


प्रतिकृया दिनुहोस्