Skip

Hamro Sanchar

हिरासतबाट ओलीको सन्देश : भदौ २३-२४ को घटनाको सत्यता सधैँका लागि लुक्दैन, छिटै बाहिर आउछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


काठमाडौं । प्रहरी हिरासतमा रही स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले पंक्तिलाई सन्देश पठाएका छन् ।

अध्यक्ष ओलीले नेतादेखि कार्यकर्तासम्मलाई हिरासतबाट सन्देश पठाएको केन्द्रीय सदस्य नगिन्द्र शाहीले बताए ।

शाहीका अनुसार, अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य सधैँका लागि लुकाउन नसक्ने भन्दै छिटै बाहिर आउने बताए । एमालेलाई विगतदेखि नै प्रहार हुँदै आएको ओलीले बताएका उनको भनाइ छ ।

ल्ःद्य द्यबलप
ओलीको सन्देश उद्धृत गर्दै उनले भने, ूएमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे । त्यसलाई हामीलाई च्यात्न सकेनौँ ।”

सत्यसँग नलड्नु, असत्यसँग नझुक्नु भन्ने प्रतिबद्धतामा नलडखडाउन पनि ओलीले आग्रह गरेका उनको भनाइ छ । संघर्षलाई जारी राख्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रियता रक्षा र समृद्धिको सपना साकार पार्न लाग्दा ज्यान लिनेसमेतका षड्यन्त्र भएको उल्लेख गर्दै उनले अहिले अस्थायी घेराबन्दीको चरम रूप रहेको उल्लेख गरेका शाहीले जनाए ।

उनले भने, “कार्यकर्ता पंक्तिले यतिबेला विरोधिको मसाल बन्नुहुन्न, अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ ।”


प्रतिकृया दिनुहोस्