Skip

Hamro Sanchar

सर्बोच्च अब सपनाकाे जिम्मामा, अनिवार्य अवकाशमा जाँदै प्रधानन्यायाधीश राउत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौँ । सर्बोच्च अदालतको कमाण्ड अब सपना मल्ल प्रधानको हातमा आउने भएको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् ।

राउको अवकाशसँगै सर्वोच्च अदालतमा अब वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।

कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्चको न्यायाधीश हुँदै प्रधान न्यायाधीश बनेका राउत ६५ वर्षे उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेका हुन् ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानन्यायाधीश राउत आज अदालतमा उपस्थित हुने र भोलिबाट अनिवार्य अवकाशमा जान लागेका छन् ।

कायममुकायमको जिम्मेवारी सम्हाल्ने मल्ल पनि कानुन व्यवसायी पृष्ठभूमिकी हुन् ।

वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश बनेका थिए । २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गर्दा नै उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए ।

न्यायपालिकाभित्रको विकृति, विसङ्गतिबारे अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको समितिमा रहेर कार्य गरेका थिए ।


प्रतिकृया दिनुहोस्