Skip

Hamro Sanchar

भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मंगलबार साँझ नयाँ दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार, गान्धीलाई श्वासप्रश्वासमा असहजता र पहिलेदेखि नै रहेको ब्रोन्कियल दम ९अस्थमा० को समस्या बढेपछि अस्पताल लगिएको हो ।

उनलाई अस्पताल भर्ना गरिएपछि छोरा राहुल गान्धी र छोरी प्रियंका गान्धी पनि साथमै अस्पताल पुगेका छन् । अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने सार्वजनिक गरिसकेको छैन ।


प्रतिकृया दिनुहोस्