Skip

Hamro Sanchar

उर्जा केन्द्र नष्ट गर्ने ट्रम्पको धम्की पछि इरानको जवाफ : मध्यपूर्वका सबै देश खरानी बन्नेछन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ८ गते


काठमाडौं । डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र होर्मुज स्ट्रेट नखोले इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएपछि इरानले कडा प्रतिक्रिया दिएको छ ।

इरानले यदि आफ्ना ऊर्जा पूर्वाधारमा हमला भएमा मध्यपूर्वभर अमेरिकासँग जोडिएका सबै ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएको हो ।

विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी आपूर्ति हुने होर्मुज स्ट्रेटमा इरानले गरेको अवरोधका कारण पछिल्ला हप्ताहरूमा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएको छ ।

ट्रम्पले मार्च २४ बिहानसम्मको समयसीमा तोक्दै जलसन्धि तत्काल खोल्न आग्रह गरेका छन् भने इरानले पनि सम्भावित आक्रमणको प्रतिकार गर्न तयार रहेको संकेत दिएको छ ।

यसबीच, क्षेत्रीय तनाव थप चर्किँदै गएको छ । इरानद्वारा दक्षिणी इजरायलका डिमोना क्षेत्रमा भएको आक्रमणमा १०० भन्दा बढी घाइते भएका छन् भने इजरायलले जवाफी कारबाही जारी राख्ने जनाएको छ ।


प्रतिकृया दिनुहोस्