Skip

Hamro Sanchar

इन्धन बोकका जहाजमाथि भइरहेको आक्रमणको २२ देशले गरे निन्दा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ८ गते


काठमाडौं । स्ट्रेट अफ होर्मुजमा इन्धन बोकेका जहाजमाथी भइरहेको आक्रणको विभिन्न २२ देशले कडा निन्दा गरेका छन् । संयुक्त अरब इमिरेट्स युएइ सहित २२ देशले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

वक्तव्यमा संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, दक्षिण कोरिया, न्युजिल्यान्ड, डेनमार्क, लात्भिया, स्लोभेनिया, एस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणतन्त्र, रोमानिया, बहरेन, लिथुआनिया र अष्ट्रेलियाका नेताहरूले हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘हामी इरानद्वारा हालै गरिएका आक्रमणहरूको कडा निन्दा गर्छौं। यी आक्रमण निहत्था व्यापारिक जहाजहरूलाई लक्षित गरी गरिएका छन् । साथै, तेल र ग्याससम्बन्धी संरचना लगायत नागरिक पूर्वाधारमा पनि हमला भएको छ । इरानी सेनाले होर्मुज जलडमरूमध्यलाई लगभग अवरुद्ध बनाएको छ ।’

वक्तव्यमा थप भनिएको छ, ‘समुद्री मार्गको स्वतन्त्रता अन्तर्राष्ट्रिय कानूनको आधारभूत सिद्धान्त हो, जसमा संयुक्त राष्ट्रसंघको समुद्री कानून पनि समावेश छ । इरानका यी गतिविधिले विश्वभरका मानिसहरूमा असर पार्नेछ, विशेषगरी पहिले नै कमजोर अवस्थामा रहेका समुदायमा बढी असर पुग्नेछ ।’

ती देशहरूले सुरक्षित समुद्री मार्ग सुनिश्चित गर्न आवश्यक प्रयासमा सहयोग गर्न तयार रहेको जनाएका छन् । साथै, यस दिशामा योजना बनाइरहेका अन्य देशहरूको पहललाई पनि स्वागत गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षाका लागि विभिन्न देशहरूलाई युद्धपोत तैनाथ गर्न आग्रह गरेका थिए ।

 

 


प्रतिकृया दिनुहोस्