
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली पुगेकी छन्। कर्णाली प्रदेशको भ्रमणका लागि उनी बुधबार बिहान काठमाडौँबाट कर्णालीको मुगु गएकी हुन्।
मुगुमा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिएकी छन्।
त्यसक्रममा उनी रारा ताल पनि पुगेकी उनको सचिवालयले जनाएको छ। यसअघि उनी पोखरा, मुक्तिनाथ पनि पुगेकी थिइन् ।














