Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानबाट मिसाइल आउन सक्ने खतराका भएपछि यूएइले बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३ गते


Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आउन सक्ने मिसाइल र ड्रोन आक्रमणको खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र (एयर स्पेस) बन्द गरिएको जनाएको छ ।

यूएइको नागरिक उड्डयन प्राधिकरणले यो बन्द अस्थायी भएको बताएको छ । इतिहाद र एमिरेट्स एयरलाइन्सले भर्खरै आफ्ना केही उडानहरू पुनः सुरु गरेको समयमा यस्तो निर्णय भएको हो ।

व्यावसायिक उडानहरूलाई असर गर्ने अघिल्लो हवाई क्षेत्र प्रतिबन्ध फुकुवा भएको केही घण्टाभित्रै पुनः यूएईको हवाई क्षेत्र बन्द गरिएको हो ।

देशको राष्ट्रिय ध्वजावाहकमध्ये एक, एमिरेट्स एयरलाइन्सले सोमबारदेखि कटौती गरिएको उडान तालिका पुनः सुरु गरेको थियो ।

यसअघि दुबईको नागरिक उड्डयन प्राधिकरणले आगलागीको घटनापछि सावधानीका उपाय स्वरूप दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा स्थगित गरेको थियो।

देशको अर्को प्रमुख एयरलाइन्स, इतिहाद एयरवेजले पनि अबु धाबीबाट सीमित व्यावसायिक उडान तालिका सञ्चालन गरिरहेको थियो ।

विमान कम्पनीले भनेको छ, “यो निर्णय विस्तृत सुरक्षा र रक्षा मूल्यांकनपछि सम्बन्धित अधिकारीहरूसँगको समन्वयमा लिइएको हो ।”


प्रतिकृया दिनुहोस्