Skip

Hamro Sanchar

ईराकको बगदादस्थितअमेरिकी दुतावासमा ड्रोन आक्रमण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


ईराकको बगदादस्थितअमेरिकी दुतावासमा ड्रोन आक्रमण

काठमाडौं । ईराकको राजधानी बगदादस्थित अमेरिकी दुतावासमा ड्रोन आक्रमण भएको छ । दुतावासको भवनबाट धुँवा उडेको देखिएपनि बिस्तृत बिवरण भने आईनसकेको रोएर्टसले उल्लेख गरेको छ ।

एसिएटेड प्रेसले क्षेप्यास्त्र अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याडमा खसेको उल्लेख गरेको छ। स्रोतहरूलाई उद्धृत गर्दै एएफपीले ड्रोनले दूतावासमा प्रहार गरिएको जनाएको छ।बगदादमा इरान समर्थित दुई लडाकु मारिएको खबरपछि उक्त आक्रमण भएको हो।

अमेरिका(इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोनरक्षेप्यास्त्र प्रहार गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्