Skip

Hamro Sanchar

नयाँ इरानी नेता मोज्तबाको चेतावनी : होर्मुजको तेल नाकाबन्दी जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २९ गते


काठमाडौं । इरानको नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईले होर्मुजको तेल नाकाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।

इरानी टेलिभिजनमार्फत प्रसारित मोज्तबाको पहिलो आधिकारिक सन्देशमा यस्तो उल्लेख गरिएको छ । समाचार प्रस्तोताले खामेनीको उक्त सन्देश टेलिभिजन च्यानलमा पढेर सुनाएका थिए ।

खामेनीले आफ्नो सन्देशमा होमुज जलमार्गको नाकाबन्दी जारी राख्ने र मिनाब विद्यालयका बालबालिकासहित सहिद भएकाहरूको रगतको बदला लिनेमा विशेष जोड दिएका छन् ।

यसका साथै इरानको टेलिभिजनमार्फत नेताको रूपमा उनको चयनका लागि विज्ञहरूको सभाले गरेको मतदानको नतिजाबारे जानकारी गराइएको मोज्तबा खामेनीईले बताएका छन् ।

साथै अमेरिका र इजरायलसँग इरानको जारी युद्धको सन्दर्भ जोड्दै खामेनीले लगातार आक्रमण जारी राख्न आह्वान गरेका छन् । उनले भने, “अन्य नयाँ मोर्चाहरू खोल्ने विषयमा विचार भइरहेको छ, जहाँ शत्रुसँग कम अनुभव छ ।” यसका साथै उनले यमनमा रहेका इरानका सहयोगीहरू, लेबनानको हिजबुल्लाह र इराकमा रहेको ‘रेजिस्टेन्स’ ९प्रतिरोध समूह०को प्रशंसा गरे ।

सोमबार विज्ञहरूको सभाले उनलाई इरानको इस्लामिक गणतन्त्रको तेस्रो सर्वोच्च नेताको रूपमा प्रस्तुत गरेको थियो । इरानको न्यायपालिका, सुरक्षा र सैन्य संयन्त्रलगायत सबै संस्थाहरूले उनको चयनको स्वागत गरेका छन् । उनीप्रति निष्ठाको शपथ लिएका छन् ।

खामेनीईको यो सन्देश उनको स्वास्थ्य र शारीरिक अवस्थालाई लिएर चलिरहेका विभिन्न अड्कलबाजीका बीच आएको हो ।

 


प्रतिकृया दिनुहोस्